नियम २४५
सदस्यको मनोनयन
यस नियमावलीमा लेखिएदेखि बाहेक प्रतिनिधि सभासँग सम्बन्धित समिति, समूह, सङ्घ वा यस्तै निकायमा प्रतिनिधित्व गर्ने सदस्यको मनोनयन सदस्यको ज्ञान, सीप, रुचि एवं सदनमा रहेको दलीय संरचनालाई दृष्टिगत गरी सभामुखले गर्न सक्नेछ र त्यस्तो समिति, समूह, सङ्घ वा निकायको गठन र कार्यविधि सभामुखले तोके बमोजिम हुनेछ ।